
जिम्बाब्वेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ ।
नेपालभन्दा स्कटल्यान्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्यान्डलाई पराजित गर्न सकेको छैन ।
चार वर्षअघि न्यूजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो ।
यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्यान्डले दुवैमा जित हासिल गरेको थियो ।
स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो ।
नेपाल ‘सुपरसिक्स’मा पुग्न जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा हार व्यहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।
समूह ‘बी’मा रहेको नेपालले स्कटल्यान्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ ।
चार अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बाब्वे रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक/एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौं स्थानमा छन् । दुवै टोली अंकविहीन छन् । रासस
प्रतिक्रिया दिनुहोस्