२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भिक्षु धर्मपालको अन्तिम संस्कार


0
Shares

गत शनिबार बिहान करिब ८ बजे ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि शाक्यसिंह विहार, थैना, पाटनमा राखी बुधबार दिउँसो शंखमूलमा थेरवाद बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।

उनको अन्तिम संस्कारमा थाइल्यान्ड, श्रीलंका, चीनलगायतका विभिन्न देशहरुबाट बौद्धभिक्षु र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फ्रा.ख्रु शोभन धम्मपाल महाथेरोको नामबाट विश्वमा चिनिएका धर्मपालले लामो समयदेखि नेपालको बौद्ध साहित्य, दर्शन र उपदेशलाई राष्ट्रिय एवं अन्तरर्राष्ट्रियरुपमा प्रचार–प्रसारमा योगदान गर्दै आएका थिए ।

वि.सं. २०१३ सालमा काठमाडौंको बलम्बुमा जन्मिएका धर्मपालले १४ वर्षको उमेरमा थेरवाद बौद्धधर्मबाट प्रवज्या ग्रहण गरेका थिए ।

उनी शाक्यसिंह विहारका प्रमुख, नेपालको धार्मिक बोधी टेलिभिजनमा अध्यक्ष र अखिल नेपाल भिक्षु महासंघका पूर्वकार्यकारिणी सदस्य थिए ।