राष्ट्रियसभामा मनोनीत तीन सदस्यको शपथको बाटो खुल्यो • Image Khabar Image Khabar


राष्ट्रियसभामा मनोनीत तीन सदस्यको शपथको बाटो खुल्यो


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार १९:१३

राष्ट्रियसभामा मनोनीत तीन सदस्यको शपथको बाटो खुल्यो

सरकारले डा. युवराज खतिवडा, रामनारायण बिंडारी र विमला राई पौडेललाई राष्ट्रियसभामा मनोनीत गरेको थियो ।

तर, शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले मनोनीत गरेका तीनजनाले शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेपछि उनीहरुको शपथ रोकिएको थियो ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले शपथ रोक्नपर्ने कारण नदेखिएको भन्दै उनीहरुलाई सांसद बन्ने बाटो खोलिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्