Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘खेल पर्यटनलाई अगाडि बढाउनसके प्रदेश–४ को समृद्धि सम्भव’


0
Shares

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा भएको ‘प्रदेश–४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले यस क्षेत्रको हिमाली क्षेत्रमा स्की, घोडचढी, हन्टिङ, क्लाइम्बिङ, पाराग्लाइडिङ, बन्जीजम्प, र्‍याफ्टिङ, ट्राइथोलनलगायत साहसिक खेलले पर्यटकको आकर्षण र बसाइँ लम्ब्याउन सहयोग मिल्नेमा जोड दिए ।

प्रदेश–४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले खेलकुद नीतिमा भएका अस्पस्टता पूरा गर्न अब प्रदेश सरकारले बनाउने नीति, नियम र कानुनमा यस्तैखालका अन्त्ररक्रिया र छलफलले सघाउने बताए ।

मन्त्री बस्नेतले प्रदेश–४ मा जलको सम्भावना बढी रहेको हुँदा सोहीअनुरुप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रदेशको समृद्धि र विकासमा आफूले ध्यानकेन्द्रित गरेको भन्दै उनले कसैले गलत गरेको सूचना पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा खेलाडीलाई मेडल जितेनन् भनेर दोष दिनुभन्दा खेलाडीले खेल्ने संरचना बनाउनु पहिलो प्राथमिकता रहेकामा वक्ताले जोड दिए ।

Skip This