
केटीएमले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अरेन्ज स्टन्ट’ प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ आयोजना गर्न लागेकोबारे जानकारी गराएको हो ।
आगामी फागुन २६ गते शनिबार सातदोबाटोस्थित स्वीमिङ कम्लेक्समा हुने प्रतिस्पर्धामा सहभागी हुन स्लोभानियाबाट प्रख्यात स्टन्ट राइडर रोक बगारोजले नेपाल आएका छन् ।
यहाँ केटीएम बाइकचालक वा नेपालभित्रका केटीएम शोरुमबाट टेस्ट ड्राइभ गरेका सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।
केटीएम स्पोर्टस् बाइकलाई नेपालमा हन्सराज हुलासचन्द एन्ड कम्पनीले भित्र्याएको हो ।
प्रतिक्रिया दिनुहोस्