
सिन्धुपाल्चोक, फागुन २४ । सिन्धुपाल्चोकको चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ ।
भागवत धर्म संरक्षण समितिको सहयोगमा मंगलबारबाट सुरु भएको सप्ताहबाट संकलित रकमबाट क्याम्पसमा स्नातकोत्तर तह थप, प्राविधिक शिक्षा, छात्रावासको व्यवस्थालगायतको काम गर्ने बताइएको छ ।
फागुन ३० गतेसम्म चल्ने सप्ताहबाट संकलित रकमले क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको पूर्वाधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले चौतारालाई शैक्षिक हबको रुपमा विकास गरिने बताए ।
क्याम्पसले २०६६ सालमा पनि यस्तै सप्ताह लगाई संकलित रकमबाट जग्गा खरीद गरी आफ्नै भवन बनाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्