२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


क्रियापुत्री बसेको घर आगलागीले सखाप


0
Shares

ताप्लेजुङ, फागुन २४ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ ऐश्वर्य चौकमा आज विहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

स्थानीय दिवाकर भटट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै ८ लाख मुल्य बराबरको क्षति भएको प्रारम्कि अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेलुकी करिव ११ बजे खाना खाएर सुतेको र विहान ३ बजे अकस्मान आगलागी भएको आगलागी पिडित उदय भट्टराईले बताए ।

आगलागीले मानविय क्षति भने नभएको बताईएको छ । आगलागी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सकृयतामा साढे चार बजे नियन्त्रणमा आएको थियो ।

आगलागी पिडित भट्टराई आफ्नो वुवाको कृयापुत्री समेत रहेको वताईएको छ । आगो विहान साढे चार वजे नियन्त्रणमा आएको थियो ।