२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुमको त्रिवेणीमा खानेपानीको हाहाकार, एक गाग्री पानीको लागी दुई घण्टा लाइनमा


0
Shares

दीपकसंगम थापा/ईमेज:
रुकुम, फागुन २४ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि यहाँका स्थानीयलाई दुई घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पानीको समस्या देखिएको हो । स्थानीयले पिउनेदेखी कपडा धुने, नुहाउने तथा बस्तुभाउलाई खुवाउने पानी समेत बोकेर खानुपर्ने बाध्यता छ ।

करिब ६५ घरधुरी रहेको उक्त गाउँमा पानीकै समस्याले घरको एक जनाको काम नै पानी ओसार्ने रहेको छ । पानीको अभावले गर्दा रातीका समयमा भएपनि गाइबस्तु लाई पानी खुवाउने गरिएको छ ।

बैशाख जेठको समयमा एक घरले एक गाग्री मात्र पानी पाउने नियम बनाइएको स्थानीय भुपालसिंह ओलीले बताए ।

पुस्तौंदेखी पिउनेपानीको समस्याबाट आफुहरु पीडित भएको स्थानीयको दुखेको छ ।

यस गाउँमा नै मुख्य रुपमा पानीको समस्या रहेको र त्यसलाई समाधान गर्नको लागी सम्बन्धित निकायले गम्भीर रुपमा चासो नदिएकाले आफुहरुको समस्या उस्तै रहेको स्थानीय मेगराज खड्का बताउँछन् ।

उता, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमले भने सो क्षेत्रमा खानेपानी व्यवस्था गर्नका लागी कार्यालयबाट आवश्यक सर्भेको काम अगाडी बढाइने बताएको छ ।

स्थानीयसँग समन्वय गरी खानेपानीको समस्या समाधानाका लागि आफुहरु लागि पर्ने जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालयका नायव सुब्बा पुर्णबहादुर बिष्टले बताए ।

स्थानीयले जंगलबाट पानी ल्याएपनि वनजंगल मासिदै जानु र जनसंख्या वृद्धि हुँदै जानुले पनि खानेपानीको समस्या देखिएको हो ।

पेउघाको अति दुर्गममा रहेको उक्त गाउँमा खानेपानीको समयमै व्यवस्थापन हुन सकेन भने वस्ती नै जोखिममा पर्ने गुनासो स्थानीयको छ ।

सरोकारवाला निकायले समयमै पिउने पानीको व्यवस्थापन गरिदिए स्थानीयहरुलाई दैनिक जीवनयापनमा सहज हुने छ ।