Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिरामीलाई फलफुल वितरण


0
Shares

सन्तोष पुर्कुटी/
ताप्लेजुङ, फागुन २४ । अन्तर्राष्ट्रिय  महिला दिवसका अवसरमा अन्तर्राष्ट्रिय हरियाली मञ्च ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङमा रहेका बिरामीलाई फलफुल वितरण गरेको छ ।

अस्पतालमा उपचार गराइरहेका २४ जना बिरामीलाई फलफुल तथा जुस वितरण गरिएको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिए ।

बिहीबार बिहान अस्पताल परिसरमा आयोजित एक विशेष कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीसहितको टोलीले बिरामीहरुलाई फलफुल वितरण गरेको थियो । फलफुल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जीसीले बिरामीहरुलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत दिए ।

मञ्चका सहसचिव ङिमा शेर्पाका अनुसार कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान विभाग ताप्लेजुङका प्रमुख दुर्गा चापागाई, अस्पतालका प्रमुख डा. सचिन यादव, अन्य सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, मञ्चका पदाधीकारी लगायतको सहभागिता थियो ।

यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला उद्यमी संघ ताप्लेजुङले सिरिजंघा गाउँपालिकामा र फुङलिङ नगरपालिकाले जिल्ला समन्वय समितिको कार्यालय परिसरमा बिहीबार दिउँसो विभिन्न कार्यक्रम आयोजना गरेका छन् । दिउँसो हुने कार्यक्रममा ज्येष्ठ महिलालाई सम्मान, अन्तरकृया, खेल प्रतियोगिता लगायतका कार्यक्रम हुने जनाईएको छ ।