
जिम्बाब्वेको बुलावायोस्थित क्विन्स स्पोर्टस् क्लबमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा सबै विकट गुमाएर १४९ रनमा समेटियो ।
नेपाली टोलीका कप्तान पारस खड्काबाहेक अरु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
खड्काले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७५ बलमा ११ चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।
त्यसैगरी, सोमपाल कामीले १८ र रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी एक तथा शरद भेषावकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे ।
स्कटल्यान्डका ह्वीटिङ्घमले ३ विकेट लिए । त्यस्तै, सरिफले २ विकेट लिए । अहिले स्कटल्यान्ड जवाफी ब्याटिङमा उत्रिएको छ ।
यसअघि, यही फागुन २० गते नेपाल आफ्नो पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भइसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्