
महिलाहरुको कार्यबोझकाबारेमा पुरुषलाई अनुभव होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको सहयोगमा भएको प्रतियोगितामा पुरुषहरुले महिलालाई खाना पकाएर खुवाएका थिए ।
खाना पकाउने अनुभव नयाँ भएको र खाना पकाउँदा आगो बाल्न नै समस्या भएको साँफेबगर नगरपालिका–४ का हेमराज कुँवरले बताए ।
खाना पकाउने काम सजिलो नहुने र महिलाहरुले दैनिकरुपमा गर्ने काम कस्टपूर्ण हुने अनुभव भएको साँफेबगर–४ मष्टामाडौंका हिरण्य कुँवरको भनाइ छ ।
स्थानीय राजेश बुढाले पनि खाना पकाउन आफूलाई अप्ठ्यारो भएको सुनाए । खाना पकाउँदा धुलो–धुवाँले समस्या भएको उनले बताए । अबदेखि घरायसी काममा सघाउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्