२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साना उद्योगहरुको प्रवद्र्धन र विकास गर्न अर्थमन्त्रीको ध्यानाकर्षण


0
Shares

मुलुकको समग्र औद्योगिक विकासका लागि बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्नसकिने उपायबारे सुझाव लिएर गएको नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमन्डलले अर्थ मन्त्रालयमा यस्तो सुझाव पेस गरेको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले छिमेकीमुलुक भारत र चीनलगायतका देशहरुले व्यवस्था गरेको निर्यात प्रोत्साहन सुविधाअनुरुप नै नेपाली मौलिक उत्पादनहरुमा सुविधाका लागि माग गरे ।

निर्यात वृद्धि गर्न त्यस्ता वस्तुमा भएको आन्तरिक मूल्य अभिवृद्धिको आधारमा गणना हुनेगरी १५ प्रतिशत नगद अनुदान दिने व्यवस्थाका लागि पहल गरिदिन उनले आग्रह गरे ।

महासंघको सुझावग्रहण गर्दै अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताए ।

यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।