नयाँ बानेश्वरमा मध्यराति तीनजना सवार मोटरसाइकल दुर्घटना • Image Khabar Image Khabar


नयाँ बानेश्वरमा मध्यराति तीनजना सवार मोटरसाइकल दुर्घटना


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार ०८:३५

नयाँ बानेश्वरमा मध्यराति तीनजना सवार मोटरसाइकल दुर्घटना

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा८९प ८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्राफिक आईल्याण्डमा ठोकिंदा चालक ललितपुरको च्यासल बस्ने रामेछापका २७ बर्षीय सरोज लामा घाइते भएका हुन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका अनुसार चालकले मदिरा पिएर सवारी साधन चलाउँदा दुर्घटना भएको हो । तीनजना सवार उक्त मोटरसाइकल आईल्याण्डमा ठोक्किएको थियो । दुर्घटना पश्चात मोटरसाइकलमा पछाडी सवार एकजना फरार रहेको र अर्का एकजनालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्