
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले आज सपथ लिन लागेका हुन् ।
राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई सपथ गराउने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । शपथसँगै उनीहरुले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
तीनै जनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो ।
प्रतिक्रिया दिनुहोस्