२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भुटानकी महारानी वाङ्चुकद्वारा प्राचीन कपिलवस्तु दरबारको भ्रमण


0
Shares

महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलोपटक कपिलवस्तु आउँदा आमा–बुवासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल, २९ वर्र्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेकी हुन् ।

बुद्धको जन्म साढे २५०० वर्षअघि भएको इतिहासमा उल्लेख गरिएको छ ।

तर, त्यसभन्दाअघि नै प्राचीन कपिलवस्तुमा मानव सभ्यता र सहर रहेको अध्ययनले देखाएको छ ।

तिलौराकोट दरबारमा लगातार गरिएको पाँचौं वर्षको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दाअघि नै मानव सभ्यताको विकास भएको पाइएको हो ।

यहाँ आठौं शताब्दीमा नै मानवबस्तीको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले पाँच वर्षदेखि गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएकोलगायतका विषयमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङ्चुकलाई जानकारी गराएका थिए ।

अवलोकनपश्चात् पुरातात्विक क्षेत्र उत्खनन्कार्यमा पुरातत्वविद्हरुको भूमिकाबारे महारानी वाङ्चुकले सरहाना गरेकी थिइन् ।

यसअघि, शुक्रबार बिहान महारानी वाङ्चुकलाई निग्रोधराम कुदानमा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतले स्वागत गरेका थिए ।

उनलाई निग्रोधराम कुदान र तिलौराकोट दरबार क्षेत्रकाबारेमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले पथप्रर्दशन गरेका थिए ।

बिहीबार लुम्बिनी आएकी महारानी वाङ्चुक त्यहाँबाट कपिलवस्तु आएकी हुन् ।