Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


कलिला युवा अपराधमाः कसरी फस्छन्, कसरी जोगाउने ? (भिडियो)


0
Shares

ध्रुव भट्टराई/ईमेज:

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समय आपराधिक गतिविधिमा १६ देखि २५ वर्ष उमेरसमूहका व्यक्तिको संलग्नता बढ्दै गएको देखिएको छ ।

घर परिवारको वेवास्ताका कारण पनि युवापुस्ता आपराधिक क्रियाकलापमा बढी संलग्न भएको सक्ने प्रहरीको अनुसन्धान छ । 

पछिल्लो समय आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता अस्वाभाविक रुपमा बढ्दै गएको देखिएको छ ।

ज्यान मार्ने, बलात्कार गर्ने हातहतियार खरखजना, लागुऔषध कारोबारजस्ता क्रियाकलापमा युवाहरुको संलग्नता बढेको देखिएको हो ।

जसमा १६ देखि २५ वर्ष उमेरभित्रका व्यक्तिहरु बढी छन् । प्रहरी कार्यालयमा गत २७ महिनाको अवधिमा दर्ता भएका झण्डै १५ हजार ६ सय मुद्दाहरुमध्ये ५ हजार ७ सय मुद्दाहरुमा १६ वर्षदेखि २५ वर्ष उमेर समुहका व्यक्तिको संलग्नता देखिएको छ । जुन संख्या वर्षेनी बढ्दो क्रममा छ ।

यसरी युवापुस्ता अपराधजन्य घटनामा बढी संलग्न हुनुमा पारिवारिक वातावरण नै मुख्य कारण रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ बताउँछन् । 

त्यसका साथै इन्टरनेटको बढ्दो प्रयोगका कारण पनि अपराधलाई प्रश्रय दिएको प्रहरीकै विश्लेषण छ ।

किशोर अवस्थामा शारीरिक मानसिक विकासमा एक्कासी परिवर्तन आउने भएकोले यस समयमा परिवारले सही बाटो दिन सके आपराधिक गतिविधिमा युवाहरुको संलग्नता घट्ने कोशी अचंल अस्पतालका मानसिक रोग विषेशज्ञ डा. रोशन पोखरेलको भनाइ छ ।

उसो त अपराधिक घटनामा कमी ल्याउन प्रहरीले पनि सामुदायसँग साझेदारी कार्यक्रम ल्याएको छ ।

सरकारले पनि अपराधबाट युवालाई मुक्त गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

तर त्यस्ता कार्यक्रम औपचारिकतामा मात्रै सीमित हुँदा व्यावाहारिक तहमा खासै फरक पार्न भने सकेका छैनन् ।