
बेपत्ता हुनेमा मटिहानी नगरपालिका वडा नम्बर–८ बस्ने महेश चौधरीकी १० वर्षीया छोरी श्रुतिकुमारी चौधरी रहेकी छन् ।
बिहीबार साँझ ७ बजे घरमा होमवर्क गरी बाहिर निस्किएकी उनी त्यसपछि पुनः घर नआएको बेपत्ता बालिकाकी काका मनोज चौधरीले जानकारी दिए ।
‘हामीले कहीँ–कसैको घरमा गएकी होलिन् भनेर हेक्का राखेनौं । तर, रातिसम्म घर नआएपछि आफूहरुले प्रहरीलाई खबर गरेको’ उनले बताए ।
दशगजाभन्दा करिब २५ मिटरको दूरीमामात्रै रहेको घरबाट ती बालिकालाई कसले बेपत्ता बनायो वा उनी आफैं कतै हराइन् भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बालिकाको खोजीकार्य भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्