
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारलाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्दै झापा उपाधिनजिक हो ।
निर्धारित् समयमा दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा झापाका कर्ण लिम्बू, भूषण सुब्बा, योगेश गुरुङ र देवेन्द्र तामाङले गोल गरे । विश्वास श्रेष्ठको प्रहारलाई भने थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरे ।
थ्रीस्टारका तर्फबाट रेजिन धिमाल, निराजन खड्का र विजय धिमाललेमात्र गोल गरे । बुद्ध चेम्जोङको प्रहार बाहिरियो भने सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले बचाए ।
खेलको ‘म्यान अफ दी म्याच’ झापाका देवेन्द्र तामाङ घोषित भए । उनले २५ हजार रुपैयाँ पाए ।
झापा–११ यसअघिका दुईओटै संस्करणमा पनि फाइनलमा पुगेको थियो । पहिलो र दोस्रो संस्करणमा झापा–११ उपविजेता बनेको थियो ।
प्रतियोगिताअन्तर्गत् शनिबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्