
शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरी नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई मेरिटको प्रमाणपत्र प्रदान गरे ।
नेपालका ७७ ओटै जिल्लाका एमबीबीएस, बीई, बीएससी, बीए तथा अरु संकायका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको दूतावासले जनाएको छ ।
एमबीबीएस अध्ययनरत् विद्यार्थीलाई ५ वर्षसम्म मासिक ४ हजार, बीईका विद्यार्थीलाई ३ वर्षसम्म मासिक ४ हजार रुपैयाँ दिइनेछ ।
यसैगरी, अरु विधाका विद्यार्थीलाई ३ वर्षसम्म मासिक ३ हजार रुपैयाँ प्रदान गरिने दूतावासले जनाएको छ ।
सन् २००२ बाट सुरु यस छात्रवृत्ति अहिलेसम्म नेपालका २१ सय ५० विद्यार्थीहरुले प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्