२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


९० देखि ९९ वर्षका पूर्वसैनिकलाई मासिक तीन हजार भत्ता दिने नेपाली सेनाको घोषणा


0
Shares

‘पूर्वशताब्दी मासिक भत्ता’कोरुपमा उनीहरुलाई हरेक महिना ३ हजार रुपैयाँ दिइने नेपाली सेनाले जनाएको छ ।

१०० वर्षमाथिका पूर्वसैनिकहरुलाई भने मासिक १० हजार भत्ता दिइने जनाइएको छ ।

गत माघदेखि लागू हुनेगरी कल्याणकारी कोषबाट सो भत्ता दिन लागिएको हो ।

सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न भूतपूर्व नेपाली सेना सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले यस्तो जानकारी दिएका हुन् ।

पूर्वी पृतना हेडक्वार्टरमा भएको सम्मेलनमा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङका अवकाशप्राप्त सैनिक तथा उनीहरुका परिवारको सहभागिता रहेको थियो ।