Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


पार्किङबाट स्कुटर चोरेको अभियोगमा तीनजना समातिए


0
Shares

विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकका दीपक लामा, काठमाडौंका रोशन जोशी र सिन्धुलीका सुशान आलेमगरलाई चोरी गरिएका तीनथान स्कुटरसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रहरीले अभियुक्तका साथबाट बा५३प ३३९१, ग५प १९१७ र बा५३प ३६२५ नम्बरका स्कुटर बरामद गरेको छ ।

चोरी गरी ल्याइएका स्कुटरसहित अभियुक्तलाई बिहीबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । रासस