बलात्कृत बालिकाको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी • Image Khabar Image Khabar


बलात्कृत बालिकाको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार २०:०२

बलात्कृत बालिकाको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी

मन्त्री थापाले बालिका उपचाररत् राजधानीको ग्रीनसिटी अस्पतालमा पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग हुने आश्वासन दिए ।

गृहमन्त्रीले बलात्कारका घटना दोहोरिन नदिन मन्त्रालयले सुरक्षा निकायलाई विशेष पहल गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई गरिने कारबाहीको दायरा अझ बढाउन आवश्यक रहेको बताउँदै उनले अपराधीलाई चोख्याउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइने चेतावनी दिए ।

गत हप्ता बलात्कृत ती बालिकालाई गत आइतबार ल्याएर सो अस्पतालमा उपचारमा राखिएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । घटनामा अन्यको संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले मानवीयताका आधारमा पीडित बालिकाको निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।

बलात्कारका कारण बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेकामा उपचारपछि क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्