
काठमाडौं, फागुन २६ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले स्वच्छ वातावरणमा बाँच्न पाउने जनताको अधिकार कुण्ठित हुन नदिने बताएका छन् ।
स्टार अस्पतालको १२ औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंको गरिएको कार्यक्रममा उनले स्वास्थ्य संस्थाहरु वातावरण मैत्री हुनुपर्ने बताए ।
स्वच्छ वातावरणबाटै मानिसको दिमाग पनि स्वच्छ हुने भन्दै उनले त्यसमा आफू निरन्तर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले वातावरण मैत्री अस्पताल बनाउनका लागि पनि स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिए ।
स्टार अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्देश जीसीले अस्पतालले वातावरणमैत्री रुपमा आफ्नो काम अगाडि बढाएको बताए ।
उनले अस्पतालको बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरसहित औषधि वितरण गरिएको जानकारी दिए ।
बार्षिकात्सवका अवसरमा स्टार अस्पतालले साइकल र्याली पनि निकालेको छ ।
राम्रो वातावरण राम्रो स्वास्थ्य भन्ने नाराका साथ निकालिएको वातावरणमैत्री ¥याली काठमाडौका बिभिन्न ठाउँको परिक्रमापछि कीर्तिपुरको पांगामा पुगेर समापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्