
काठमाडौं, फागुन २६ । इङ्गलिस प्रिमियर लिगअन्तर्गत आज सात खेल हुँदै छन् ।
नेपाली समयअनुसार साँझ सवा ६ बजे अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा रहेको लिभरपुलसँग प्रतिस्पर्धा गर्दै छ ।
त्यसैगरी पौने ९ बजे पाँच खेल हुँदै छन् । एभर्टन र ब्राइटन, हडल्र्सफिल्ड र स्वान्सी सिटी, न्युकासल युनाइटेड र साउथ ह्याम्टन, वेस्टब्रोम र लेस्टरसिटी तथा वेस्टह्याम र बर्न्ले भिड्दै छन् ।
त्यसैगरी राति सवा ११ बजे चेल्सी र क्रिस्टल प्यालेस पनि खेल्दै छन् ।
इङ्लिस प्रिमियर लिगका २९ औं चरणका खेल सकिंदासम्म ७८ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको पहिलो स्थानमा छ ।
त्यसैगरी ६२ अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो, ६० अंकसहित लिभरपुल तेस्रो, ५८ अंकसहित टोटनह्याम चौथो र ५३ अंकसहित चेल्सी पाँचौं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्