२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री ओलीलाई राजपाले ‘समर्थन गर्ने’


0
Shares

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

सदस्य यादवले ६ प्रदेशमा वाम गठबन्धनको र प्रदेश–२ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सबै तहको निर्वाचन भइ मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । रासस