२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


इलाममा विस्फोट, एक युवकको मृत्यु


0
Shares

इलाम नगरपालिका–९, पुवाजुङ घर भइ भन्ज्याङमा होटल गर्ने २८ वर्षीय विकास राईको मृत्यु भएको हो ।

भन्ज्याङमा विस्फोट भएको र विस्फोटकाक्रममा ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन् ।

राईको शनिबार साँझ इलाम अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटना भएको आसपासमा सलाईका काँटी र जीआई पाइपका टुक्राहरुसमेत फेलापरेको बताइएको छ ।

विस्फोटको कारण खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।