१ असार २०८२, आइतबार | Sun Jun 15 2025


उपत्यकामा फेसबुक चलाउने बालबालिका ७२ प्रतिशत


0
Shares

ललितपुर, फागुन २७ । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ ।

ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ ।

फेसबुकपछि बालबालिकाहरुको रोजाइमा ‘युट्युब’परेको छ ।

‘भ्वाइस अफ चिल्ड्रेन्ट’ले आयोजना गरेको एक कार्यक्रममा प्रतिमिनेट संसारभरका सात लाख मानिसले फेसबुक लगइन गर्ने र यसमा बालबालिका पर्ने तथ्य सार्बजनिक गरेको छ ।

‘इन्टरनेटमा घन्टौं विताउने बालबालिका नजानिंदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्बेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनिन । –अन्नपूर्णपोष्ट दैनिकबाट