२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जयपृथ्वी राजमार्ग अस्तव्यस्त, हस्तान्तरण नगर्दै पिच उक्कियो


0
Shares

डीबी विष्ट/ईमेज:
बझाङ, फागुन २७ । कालोपत्रे सकेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण नगर्दै बझाङको जयपृथ्वी राजमार्ग अस्तव्यस्त भएको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथलादेखि चैनपुरसम्मको सडकखण्डको निर्माण कार्य गुणस्तरहीन भएका कारण ठाउँठाउँमा पिच उप्कीएर अस्तव्यस्त भएको हो ।

सडकको कालोपत्रे सकेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण नहुँदै बझाङको जयपृथ्वी राजमार्ग अस्तब्यस्त भएको हो ।

राजमार्गको योजना कार्यालयले काम सम्पन्न गरी हस्तान्तरण गर्ने चरणमा रहेको सडकको अधिकाँस ठाँउको पिच काम नलाग्ने गरी विग्रिएको छ ।

बझाङलाई अन्य जिल्लासंग जोड्ने झण्डै १ सय ८ किलोमिटर लम्बाइ रहेको एक मात्र जयपृथ्वी राजमार्गको पिच उप्किएर दर्जनौ स्थानमा खाल्डाखुल्डी परेका छन भने कतिपय स्थानमा सडकमै पानी जमेपछि यात्रा गर्नेहरुले सास्ती व्यर्होनु परेको छ ।

६ बर्ष पहिले पिच गरिएको खोड्पेदेखि बागथलासम्मको सडक खण्डमा खासै समस्या नभए पनि चार वर्ष अघि पिच गरिएको बागथलादेखी चैनपुरसम्मको ४० किलोमिटर सडकको पिच उप्की सकेको छ ।

ओटाशिल प्रविधीमा आधारित यस सडकको कालोपत्रे गर्ने काम गुणस्तरहिन भएका कारण छिटो विग्रिएको स्थानीयको आरोप छ ।

जयपृथ्वी राजमार्गको दर्जनौ ठाउँमा खाल्डा परेकाले सवारी साधन चलाउन समस्या भएको सवारी चालक बताउँछन् ।

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको यस सडकको बागथलादेखी झोतासम्म लुम्बीनी लोहनी निमार्ण सेवा र झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी तथा तमैल देखी भोपुर सम्म लामा गोल्डेन गुड निमार्ण कम्पनीले कामको जिम्मा लिएका थिए ।

सडकमा खाल्डाखुल्टीका कारण गाडीको पट्टा भांचिने र पानी पसेर इन्जिनले समेत काम गर्न छोड्ने अवस्था आएको सबारी चालकहरु बताउँछन् ।

सडक बिग्रिएकै कारण बाटोमै गाडी विग्रर्दा यात्रुले चाहेको समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । गाडी हल्लिने भएकाले विरामीहरुलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानीयहरु बताँउछन् ।

सडकको समानान्तर निमार्ण भएका सिंचाई कुलोहरुबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निमार्ण गर्दा खसेको ढुङ्गा र माटोले पिच विग्रिएको डिभिजन सडक कार्यालय बझाङले जनाएको छ ।