
काठमाडौं, फागुन २७ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ ।
पार्टी एकता प्रक्रियामा रहेका दुई दलले संसदीय दलमा समान धारणा बनाउन आज संयुक्त बैठक बोलाएका हुन् ।
संघीय संसद् भवन बानेश्वरमा बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै प्रतिनिधिसभामा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्