सभामुख कृष्णबहादुर महराले लिए सपथ, पहिलो पटक दौरा सुरुवालमा सपथ • Image Khabar Image Khabar


सभामुख कृष्णबहादुर महराले लिए सपथ, पहिलो पटक दौरा सुरुवालमा सपथ


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १२:१५

सभामुख कृष्णबहादुर महराले लिए सपथ, पहिलो पटक दौरा सुरुवालमा सपथ

काठमाडौं, फागुन २७ । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई पद तथा गोपनियताको सपथ गराएका हुन् । महरा प्रतिनिधिसभाको सभामुखमा हिजो निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख महराले आजै बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् । सपथ लिन महरा दौरा सुरुवाल लगाएर शितल निवास पुगेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि लगातार उपप्रधानमन्त्री, मन्त्री तथा सांसद भएका महराले यसअघि कुनै पनि सपथग्रहणमा दौरा सुरुवाल लगाएका थिएनन् ।

सपथ ग्रहण कार्यक्रममा उपराराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पधानन्यायाधीश गोपाल पराजुली, सरकारका मन्त्री, मुख्य सचिव, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्