खानेपानीको पाइप फुटेपछि धादिङबेसीमा पिउने पानीको संकट • Image Khabar Image Khabar


खानेपानीको पाइप फुटेपछि धादिङबेसीमा पिउने पानीको संकट


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १४:१७

खानेपानीको पाइप फुटेपछि धादिङबेसीमा पिउने पानीको संकट

सदरमुकामबासी पिउने पानी कै लागि अहिले खोलामा जान बाध्य भएका छन् । बिग्रिएको पानीको पाइप बनाउन सरोकारवाला निकायले गरेको बेवास्ताका कारण यस्तो अवस्था आएको हो । पानी नभएका कारण अस्पतालहरुको सरसफाईमा समेत ठूलो समस्या परेको छ ।

पानीको पाईप मूलदेखि वितरण गर्ने ट्याङ्कीसम्म ल्याउँदा खनेर कम्तीमा ९० सेन्टीमिटरको गहिरो बनाउनु पर्नेमा जमिनमाथि नै पाईप राखेकाले सामान्य समस्या आउँदा पनि पानीको आपूर्ति बन्द हुने गरेको छ ।

करिव तीन हजार घरघुरी रहेको धादिङ सदरमुकाममा २३ सयओटा धारा जडान गरिएको छ । दैनिक २५ लाख लिटर पानी आवश्यक पर्ने भए पनि दशदेखि १२ लाख लिटर पानीमात्र वितरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्