२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशसभाबाट विश्वासको मत


0
Shares

बुटवलस्थित प्रदेश सभामा आइतबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा कांग्रेसका १८ जना सांसदलेमात्रै भोट हालेका छन् ।

मुख्यमन्त्री पोखरेलकोे पक्षमा परेको यो मत तीन चौथाईभन्दा बढी हो ।

विश्वासको मत लिनुअघि संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले मानव सूचकांकका दृष्टिले चौथो स्थानमा रहेको प्रदेशलाई पहिलो स्थानमा ल्याउने चुनौती रहेको बताए ।

मुख्यमन्त्रीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।