वर्तमान सरकारप्रति जनताको धेरै आशा छ : नेपाल • Image Khabar Image Khabar


वर्तमान सरकारप्रति जनताको धेरै आशा छ : नेपाल


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १८:०२

वर्तमान सरकारप्रति जनताको धेरै आशा छ : नेपाल

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताए ।

मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व र आन्दोलन मात्र भएकाले जनताले अब विकास र समृद्धिको चाहना गरेको उल्लेख गर्दै नेता नेपालले भने, ‘युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।’

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने खालको जनतामा निराशा यसपटक नहुने विश्वास व्यक्त गर्दै उनले देशमा हालसम्म राजनीतिकरण धेरै भयो यसबाट अब मुुलुकले मुक्ति खोजेको बताए ।

जनताका आधारभूत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरे । (रासस)

प्रतिक्रिया दिनुहोस्