२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इतिहासमै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बने ओली (भिडियो)


0
Shares

फागुन ३ गते माओवादी केन्द्रको मात्र समर्थनमा प्रधानमन्त्री बनेका ओलीले एकमहिना पछि भने संसदमा दुई तिहाईभन्दा बढी मत आफ्नो पक्षमा पारेका छन् ।

नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा बढी शक्तिशाली प्रधानमन्त्री बनेका छन् । २७५ सदस्सीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र १ जना स्वतन्त्र सांसद गरी दुईतिहाई भन्दाबढी सांसदको समर्थन प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई संसदमा नेपाली कांग्रेसबाहेक अन्य सबै राष्ट्रिय दलले विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएसँगै राजनीतिक बृत्तमा शक्तिशाली प्रधानमन्त्रीका फाइदा र बेफाइदाका टिकाटिप्पणी सुरु भएका छन् । शक्तिशाली प्रधानमन्त्रीले मुलुकको विकास, सुशासन र राजनीतिक स्थायित्व दिनसक्ने धेरैको आशा छ । तर, कतिपय राजनीतिका जानकारहरुले भने शक्तिशाली प्रधानमन्त्रीका फाइदा र बेफाईदा प्रधानमन्त्रीले आफुमा आएको शक्तिलाई व्यवहारमा प्रयोग गर्ने मनोविज्ञानले निर्भर गर्ने धारणा राखेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्