काबेली करिडोर प्रसारण लाइनको सर्वेका लागि स्थानीय सहमत • Image Khabar Image Khabar


काबेली करिडोर प्रसारण लाइनको सर्वेका लागि स्थानीय सहमत


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १९:५६

काबेली करिडोर प्रसारण लाइनको सर्वेका लागि स्थानीय सहमत

नेपाल विद्युत प्राधिकरण, आयोजना, देउमाई नगरपालिका र स्थानीय बासिन्दाबीच हालै भएको छलफलमा उक्त सहमति भएको जनाइएको हो ।

प्रसारण लाइनबाट प्रभावित हुने जग्गा तथा घरधनी, रुखबिरुवा, घरटहरा लगायतका संरचनाको यकिन गर्न तत्काल सर्वेको काम सुरु गर्ने सहमति जुटेको प्राधिकरणले जनाएको हो ।

प्रभावितको यकिन गरी मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्ने र त्यसपछि प्रसारण लाइन निर्माणको काम सुरु गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्