१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सन्चालकलाई छुरा प्रहार गरी नकाबधारीद्वारा मनी ट्रान्सफरमा लुटपाट


0
Shares

सुनसरी, मंसिर १२ । इटहरीको मुख्य बजारमा रहेको एक्टिभ मनी ट्रान्सफरमा बुधबार दिउँसो लुटपाट भएको छ ।

नकाबधारी दुई व्यक्तिले मनी ट्रान्सफरका सन्चालक प्रवेश दाहाललाई छुरा प्रहार गरी लुटेको प्रहरीले जनाएको छ ।

सन्चालक दाहालको दाहिने हात र छातीमा चोट लागेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

छुरा प्रहारबाट दाहाल घाइते भएपछि काउन्टरमा रहेको नगद लुटेर उनीहरु फरार भएका थिए ।

मनी ट्रान्सफरबाट कति रकम लुटियो भन्ने अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।