
काठमाडौं, फागुन २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।
गएराति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हरायो ।
टोटनह्यामका लागि हिउङ मिन सनले दुई गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे । बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए ।
प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० ले हरायो ।
आर्सनलका लागि खोद्रान मुस्ताफी, पिएरे एमरिक औबामायङ्ग र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे ।
प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ ।
लिगको अंक तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ ।
एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ ।
६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।
प्रतिक्रिया दिनुहोस्