Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


खर्च अभावमा ब्लड बैंक संचालनमा आएन


0
Shares

-प्रकाश नेपाल/ईमेज:
इलाम, फागुन २८ । संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन ।

बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर इलाम सदरमुकामको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा ब्लड बैंक भवन बने पनि त्यसले पूर्णता भने पाउन नसकेको हो ।

इलाममा भवन निर्माणकै लागि साढे २७ लाख रुपैयाँ खर्च गरेको रेडक्रले रक्तसंञ्चार केन्द्र बनाएपछि र्जमन दुतावासले करिव १६ लाख रुपैयाँ बराबरको युरोपियन मापदण्ड अनुसारका आवश्यक उपकरण प्रदान गरेको थियो ।

तर कर्मचारी राख्ने स्रोत नहँुदा अझै ब्लड वैंक प्रयोगमा आउन सकेको छैन । इलाममा ५० शैयाको अस्पताल सञ्चालन भएको भनिए पनि त्यो अनुसारको सेवा पाइदैन ।

अहिले भने रगतको अभाव टार्न इलाममा आकस्किक रक्तसञ्चार सेवाकै भर पर्नु पर्ने अवस्था छ ।

आवश्यक परेको खण्डमा रक्त समूह अनुसार रेडक्रससँग सम्पर्कमा भएका इच्छुक व्यक्तिलाई बोलाएर रगतको जोहो गर्ने गरिएको आकस्मिक रक्त सञ्चार केन्द्रका संयोजक रतन चौधरीले जानकारी दिए ।

व्लड बैंक सञ्चालनका लागि कम्तिमा ५० लाख रुपैयाँको अक्षय कोष चाहिने भए पनि हाल कोषमा करिव आठ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

ब्लड बैङ्क सञ्चालन गर्नका लागि विगतमा धेरै दाताहरुबाट रकम दिने प्रतिबद्धता भए पनि सबै दाताहरुले कबुल गरेको रकम नदिँदा समयमानै ब्लड बैङ्क सञ्चालनमा आउन नसकेको रेडक्रस इलाम शाखाका लेखापाल बसन्त तिम्सिनाले बताए ।

यता जिल्ला जनस्वास्थ कार्यालय इलामका प्रमुखले भने इलाममा प्रति महिनामा ८ देखि १० पिन्ट मात्र ब्लड आवशयक पर्ने भएकाले तत्काललाई समस्या नभए पनि भविष्यको लागि भने ब्लड बैंक सञ्चालन गनुपर्ने आवश्यक रहेको बताउँछन् ।

सेवा सञ्चालन गर्न दुई प्राविधिकसहित कार्यालय सहयोगीको अनिवार्य आवश्यक पर्ने हुन्छ ।

अहिले रक्तदानमार्फत सञ्चालन भएको रगत झापा, मोरङ र सुनसरीका अस्पतालमा पठाईंदै आएको छ ।