साँफेबगर नगरपालिकाका १४ वटा वडामध्ये ८ वडा कार्यालय भाडाका भवनमा • Image Khabar Image Khabar


साँफेबगर नगरपालिकाका १४ वटा वडामध्ये ८ वडा कार्यालय भाडाका भवनमा


Imagekhabar
२८ फाल्गुन २०७४, सोमबार १२:१९

साँफेबगर नगरपालिकाका १४ वटा वडामध्ये ८ वडा कार्यालय भाडाका भवनमा

केही वडाका कार्यालय भवन जिर्ण भएका तथा केही भवन द्वन्द्वकालमा माओवादीले भत्काए पनि हालसम्म पूनर्निर्माण नहुँदा भाडामा भवन लिएर कार्यालय सञ्चालन गर्नु परेको नगरप्रमुख कुलबहादुर कुँवरको भनाइ छ ।

साँफेबगर नगरपालिकाका वडा नं. १, २, ३, ५, ७, ८, १२ र १४ वडा कार्यालय भाडाका भवनबाट सञ्चालन हुँदै आएको नगरप्रमुख कुँवरले जानकारी दिए ।

आफ्नो कार्यालय नहुँदा सेवा प्रवाहमा समस्या भएको वडा नं.२ का वडा अध्यक्ष कालुसिंह कुँवरले जानकारी दिए । वडा कार्यालयको मासिक ४ हजार भाडा रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।

यस्तै वडा नं.३ शिद्देश्वरको वडा कार्यालयको भाडा ६ हजार, वडा नं.५ नवाठाना कार्यालयको भाडा मासिक २ हजार, वडा नं. १२ खप्तड वडा कार्यालयको मासिक ५ हजार र वडा नं.१४ पातलकोट वडा कार्यालयको भाडा २ हजार छ ।

भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्नुपर्दा कार्यालयका काम अस्तव्यस्त हुँदै आएको वडा नं. १२ खप्तडका अध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्