१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सर्वोच्चका न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिस्कार


0
Shares

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशकारुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि सुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिस्कारको घोषणा गरेका हुन् ।

न्यायाधीश राणाले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायायाधीश भएको इजलास बहिस्कार गरेका हुन् । रासस