२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बसको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

काठमाडौबाट पोखरातर्फ जाँदै गरेको ना६ख ३१७७ नम्बरको यात्रीबसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गल्छी गाउँपालिका वडा नम्बर–२, बस्ने ४५ वर्षीय नारायण खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।