२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यस्तो छ युएस बंगला एअरलाइन्सको नालिबेली


0
Shares

सन् २०१० मा स्थापना भएको यो वायुसेवाले सन् २०१४ बाट सेवा सुरु गरेको थियो ।

सुरुका केही वर्ष आन्तरिक उडानमात्र भरिरहेको यो वायुसेवाले सन् २०१६ बाट अन्तर्राष्ट्रिय सेवा सुरु गरेको हो ।

हाल यो विमान सेवाले आन्तरिक उडानका अतिरिक्त भारत, नेपाल, मलेसिया, ओमान, कतार, सिंगापुर र थाइल्यान्ड सात देशमा अन्तर्राष्ट्रिय सेवा दिइरहेको छ ।

यसका लागि विमान सेवाले १५८ क्षमताका ‘बोइङ ७३७’ का चारओटा र ‘ड्यास ८’ का चारओटा विमान प्रयोग गरिरहेको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटना भएको विमान क्यानडामा निर्मित ड्यास ८ मध्यम दूरीमा उडान भर्न मिल्ने दुई इन्जिन भएको विमान हो ।

यो विमानलाई ‘डी ह्याभिल्यान्ड क्यानडा’ले सन् १९८४ मा सार्वजनिक गरेको थियो ।

युएस बंगलाको विमान यसअघि बंगलादेशमा आन्तरिक उडानकाक्रममा अवतरणकाक्रममा दुर्घटना भएको थियो ।

सन् २०१५ को सेप्टेम्बरमा बंगलादेशको सायदपुर विमानस्थलको रनवेबाट चिप्लँदा विमान दुर्घना भएको थियो ।

विमान रनवेबाट चिप्लिएर भुइँसमेत भास्सिएपनि मानवीय क्षति भने भएन । १७ वर्ष पुरानो विमान पहिले लुफ्थान्साले चलाएको थियो । (एजेन्सी)