२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मच्छिन्द्र क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब तेस्रो स्थानमा उक्लियो


0
Shares

काठमाडौं, मंसिर १२ । मच्छिन्द्र क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ ।

एन्फा मैदानमा आज भएको खेलमा हिमालयनले मच्छिन्द्रलाई २–० ले हरायो । खेलमा हिमालयनलाई विजयी गराउन कर्ण लिम्बू र आशिष गुरुङले एक–एक गोल गरे ।

जारी लिगमा हिमालयनको यो तेस्रो जित हो । एक खेलमा बराबरी गरेको हिमालयनले अहिलेसम्म हार व्यहोरेको छैन । ४ खेलबाट उसले १० अंक जोडेको छ ।

समान १० अंक जोडेको त्रिभुवन आर्मी क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदा शत प्रतिशत विजयी परिणाम निकाल्न सफल मनाङ मर्स्याङ्दी क्लब १२ अंकसहित शीर्ष स्थानमा छ ।