दुर्घटनाका कारण बन्द विमानस्थल खुल्यो, प्रधानमन्त्री अस्पतालमा • Image Khabar Image Khabar


दुर्घटनाका कारण बन्द विमानस्थल खुल्यो, प्रधानमन्त्री अस्पतालमा


Imagekhabar
२८ फाल्गुन २०७४, सोमबार १८:५०

दुर्घटनाका कारण बन्द विमानस्थल खुल्यो, प्रधानमन्त्री अस्पतालमा

सोमबार दिउँसो १४.१८ बजेदेखि बन्द भएको विमानस्थल अपराह्न १६.५० देखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।

काठमाडौंमा अवतरणका तयारीमा रहेका विमानलाई लखनऊ र ढाकातर्फ पठाइएको थियो ।

ढाकाबाट काठमाडौं आउँदै आएको बीएस २११ ‘कलसाइन’ भएको उक्त विमानमा चालकदलका चार सदस्यसहित ६७ यात्री सवार थिए ।

प्रधानमन्त्री अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामंगल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रीको अवस्थाकाबारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनैपनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्