२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘यसकारण भयो युएस बंगलाको विमान दुर्घटना’ (भिडियोसहित)


0
Shares

सोमबार विमान दुर्घटनापछि विमानस्थलले गरेको पत्रकार सम्मेलनमा विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले सोमबार दिउँसो २ बजेर १८ मिनेटमा सो विमान ‘जिरो टु’ मार्गबाट अवतरण हुनुपर्नेमा विमानका पाइलटले ‘टु जिरो’बाट अवतरण गर्न अनुमति मागेको बताए ।

अर्थात् दक्षिणतर्फबाट अवतरण गर्नुपर्ने विमानका पाइलटले उत्तरतर्फबाट अवतरण गर्ने भन्दै उत्तरतर्फ लागेपछि एअर ट्राफिक कन्ट्रोलले पाइलटलाई ‘तपाइँलाई केही समस्या छ कि ?’ समेत भनेर सोधेको भन्दै क्षत्रीले पाइलटले कुनै समस्या नभएको बताएको पनि जानकारी दिए ।

विमानले उत्तरपूर्व गएर दुई फन्को लगाएको र अवतरण गर्न नसकेपछि पाइलटलाई गलत बाटोमा गइरहेको चेतावनी दिँदा उताबाट कुनै प्रतिक्रिया नै नआएको पनि उनले जानकारी दिए ।

त्यसलगत्तै विमान पूर्वपट्टीको बार भत्काउँदै विमानस्थलबाहिरको खोंचमा खसेको थियो ।

भिडियो हेर्नुहोस्