२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाउन थालेपछि संक्रमणको खतरा बढ्यो


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा हिजो मात्रै दुई सय ३८ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ६ सय १७ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा १ सय ४९ जना, डडेल्धुरामा १ सय २३, कञ्चनपुरमा ९५, अछामका ६७, बाजुराका ६२, बैतडीमा ५२, डोटीका ४२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका चार जनाको मृत्यु भइसकेको छ भने एक सय ११ जना घर फर्किसकेका छन् । घर फर्किसकेकालाई कोरोना निको भने भएको छैन ।

उनीहरुलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै विभिन्न अस्पतालहरुले घर पठाएका हुन् ।

६ सय १७ संक्रमितमध्ये एक सय १९ जनाको ९ वटै जिल्लामा रहेका स्थानीय तहको आइसोलेसनमा उपचार भइरहेकोे छ भने बाँकी ३ सय ८२ जना संक्रमित घर र क्वारेन्टिनमा रहेका छन् ।

स्थानीय तहहरुले कोरोना रिपोर्ट नआउँदै धमाधम क्वारेन्टिनबाट घर पठाउन थालेपछि समुदाय स्तरमा संक्रमण फैलिने खतरासमेत बढेको छ ।