२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विमान दुर्घटनाः अस्पतालमा मृतक र घाइतेका परिवार भाव विह्वल (भिडियो)


0
Shares

मृतक र घाइतेका परिवार भाव विह्वल छन् । शव बुझ्न र घाइते भेट्न आफन्त तथा शुभचिन्तकहरुको अस्पतालमा भीड लागेको छ ।

सामाजिक संजालहरु शुभेच्छा प्रकट गर्ने र श्रद्धान्जली अर्पणका मार्मिक शब्दहरुले भरिएका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा निधन भएकाहरुको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रक्रिया पूरा गरेर शवहरु आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

जसमध्ये एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ११ जना नेपाली र बाँकी ११ जना अन्य देशका नागरिक भएको प्रहरीले जनाएको छ ।

भिडियो