२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानन्यायाधीश पराजुलीबाट मंगलबारका इजलासमा न्यायाधीश चोलेन्द्रलाई ‘आउट’


0
Shares

न्यायाधीश जबराले सोमबार बेन्च वहिष्कार गरेका थिए । प्रधानन्यायाधीश पराजुलीले गत साउनमै अवकाश पाइसक्नुपर्ने भन्दै उनले प्रधानन्यायाधीश सहभागी बेन्च वहिष्कार गरेका हुन् ।

मंगलबार प्रधानन्यायाधीश पराजुलीले इजलास तोक्दै अन्य न्यायाधीशलाई जिम्मेवारी दिए पनि न्यायाधीश जबरालाई कुनै पनि इजलासको जिम्मेवारी दिएनन् ।

मंगलबार तोकिएका इजलासमा डा. गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दाको सुनाई भने समावेश छैन ।