१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदै


0
Shares

आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् । भण्डारीलाई सत्तारुढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ ।

निर्वाचन राष्ट्रपति चयनका लागि बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौंको बानेश्वरस्थित संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा मतदान भइरहेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।

कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । मतभार फरक–फरक भएकाले निर्वाचन आयोगले मतपत्रसमेत दुई थरिका व्यवस्था गरेको छ ।

संघीय संसद्का सदस्यहरुले सेतो कागजमा हरियो रंगले छापिएको र प्रदेशसभाका सदस्यले सेतो कागजमा रातो रंगले छापिएको मतपत्र पाउने छन् ।

मतपत्रमा दुई उम्मेदवारको नाम उल्लेख रहने र मतदाताले नामको अगाडि स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्ने आयोजले जनाएको छ ।