
धरानबाट धनकुटातर्फ जाँदै गरेको ना ५ ख १९३६ नंं.को ट्रकले साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित कोशी राजमार्गको सडक सफा गरिरहेका मजदुरलाई ठक्कर दिंदा उनीहरुको घट्नास्थलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मृत्यु हुनेका साँगुरीगढी गाउँपालिका ७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर राई रहेका छन् । त्यस्तै दुर्घटनामा परेर अन्य चार जना घाईत भएका छन् ।
घाइत हुनेमा ट्रक चालक रामेछाप जिल्ला मन्थली ७ का ४५ बर्षिय देवकुमार लामा, सहचालक मकवानपूर का २० बर्षीय समन तामाङ्, स्काभेटर लिएर आएका बाग्मती नगरपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा परेर घाइते भएकाहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्